सरकारको भ्रमण, संविधान संशोधन, तराई आन्दोलन र छिमेकीको भूमिका

नेपाल बिगदेखि अरु मुलुकको साहरामा निर्वाह गर्नुपर्ने गरिव देश अवस्य हो तर पाऊ टेकेर देशको शिर झुकाउने काममा कहिल्यै नझुक्ने नेपालीहरुको बिरताको कदर अहिलेपनि ठूला देशहरुमा हुने गरेको छ । यही सन्र्दभलाई जोड्दै जाने हो भने बिगतदेखि हालसम्म शासन सत्ता संचालन गरेका नेपालका प्रधानमन्त्री र अन्य उच्चपदस्तहरुले नेपालको राम्रोको लागि गरेको त्याग तपस्या र बलिदानीलाई अहिले धुलोमा मिसाउने काम कँही कतैबाट हुनु हुँदैन् ।
साँच्चै भन्ने हो भने छिमेकी मुलुक भारतले बिगतका विभिन्न खाले परिवर्तनका वरीपरी लगाउँदै आएको घोषित वा अघोषित ‘नाकाबन्दीको निकाश अहिलेसम्म किन खोजीएन त्यो महत्वपुर्ण प्रश्न हो ।
को नेपाली, छोरो बहादुर रहेछ भनेर भोलीका दिनहरुमा ईतिहाँसिले मुल्याँकन गर्ने कुरा फरक होला तर बर्तमान सरकार संचालनको मुख्य जिम्मेवारी बोकेका केपी ओलीले पछिल्लो अभिब्यक्तिले साँच्चै           राष्ट्रियताको बोध गराएको छ ।
नाकाबन्दी नखोलेसम्म भारत नजाने र चिनको लागि नाका खुल्ला गर्ने अभिब्यक्ति कसैका लागि आपत्तीजनक हुन पनि सक्ला तर विगतदेखि चेपुवामा पर्दै आएको नेपाली समाजको लामो समस्या समाधानको दिगो पहल भने पक्कै खोज्नुपर्ने बेला आएको छ ।
छिमेकी भारतले पनि कहुँलो पाएँ घुँडै अँठ्याँए भन्ने नेपाली उखान जस्तो नगरिआम नेपालीहरुको भाग्य र भविष्यको      बारेमा समेत चिन्ता गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार